मुगु जिल्लाको मानव अधिकार अवस्थाबारे सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नर्बेजियन राजदुताबासको सयुंक्त टोलीले मुगु जिल्लाको मानव अधिकारको अवस्थाबारे जिल्लाका सरोकारवालासँग छलफल गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, प्रलेख अधिकृत नारयण सुबेदी, नर्बेजियन दुताबासका प्रतिनिधि क्यारोलिन र राजकुमार ढुङ्गानको संयुक्त टोलीले जिल्लाका सरोकारवालासँग मानव अधिकारको अवस्थाका सम्बन्धमा छलफल गरेको हो ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको कार्यकक्षमा मानव अधिकारको अवस्थासहित महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, आर्थिक, सामजिक, सांस्कृतिक अधिकार र शान्ति सुरक्षाका विषयमा छलफल गरिएको हो ।
छलफलमा जिल्ला प्रहरी कार्यलयका डिएसपी भिमकिरण बोगटी, महिला तथा बालबालिका कार्यलयका निमित्त प्रमुख धान्ने बुढा, शिक्षा कार्यलयका निमित्त प्रमुख धनसुधन चौलागाईलगायतको सहभागिता थियो ।
अन्तक्रियामा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कर्णालीमा विकासको अधिकारसँगै मानव अधिकारको कुरालाई सँगै समेटेर लैजानु पर्ने र विकास निर्माणका कार्य केन्द्रबाट नभई स्थानीय स्तरबाट माग भए अनुसार पारदर्शी रूपमा लगानी गरे मानव अधिकारको उपयोग नागरिकले पाएको अनुभूति हुने बताए ।
जिल्ला शिक्षा कार्यलयका निमित्त कार्यलय प्रमुख धनशुधन चौलागाईले सरकारले शिक्षा क्षेत्रमा जति लगानी गरेको भएपनि त्यसलाई उपभोग गर्न नागरिकस्तरबाट पनि आफ्नै सम्पति हो भनेर जर्गेना गनुपर्ने बताए ।
महिला तथा बालबालिका कार्यलयका निमित्त कार्यलय प्रमुख धान्ने बुढाका अनुसार जिल्लामा महिला हिंसाका घटना कार्यालयमा आउने गरेका र तिनीहरूका लागि सहयोग गर्ने गरिएको छ ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…