मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको पोषण पुनःस्थापना केन्द्रले जनाएको छ ।
जिल्लास्थित पोषण पुनःस्थापना केन्द्रले दिएको जानकारी अनुसार सोरु गाउँपालोकामा २१, खत्याड गाउँपालिकामा चार मुगुमकार्मारोङ गाउँ पालिकामा तीन, छायाँनाथ रारा नगरपालिकामा दुई र अन्तर जिल्ला हुम्लाबाट तीन जना गरी ५० जना बालबालिकालाई कुपोषण देखिएको जिल्ला पोषण पुनःस्थापना केन्द्रका कार्यालय सहयोगी सुर्जबहादुर मल्लले बताउनुभयो । उहाँका अनुसार २३ जना बालबालिका पुनःस्थापना भएका छन् भने २७ जनाको उपचार भइरहेको छ ।
जिल्लाका ग्रामीण भेगकी लेखपढ गर्न नसक्ने अशिक्षित महिलालाई कुपोषण भएका बालबालिकालाई पोषण युक्त लिटोको लेबल मिलाएर खुआउन अलिकठिन मान्ने गरेको गुनासो मल्लले बताउनु भयो । करिब पाँच वर्षभन्दा मुनिका बालबालिकालाई पोषण केन्द्रले दुई साताको एकपटक स्वास्थ्य जाँच गर्ने र कुपोषण देखिएको खण्डमा आमाबुबालाई सुझाव सल्लाहका साथै तीन महिनासम्म पुग्ने लिटो दिने गरेको भए पनि कुपोषणमा कमी नआएको पोषण पुनःस्थापना केन्द्रले जनाएको छ ।
जिल्लाको खत्याड गाउँपालिकाको श्रीकोट, कोटडाडा, धैनकोट स्वास्थ चौकी सोरु गाउँपालिकाको नार्थपु, कालै र मुगुमकार्मारोङ गाउँपालिकाको मांग्री र पिना स्वास्थ चौकीमा पोषण बहिरंगसेवा स्थापना गरिएको भए पनि स्वास्थ्यकर्मी र साधन–स्रोतको अभावले भनेको समयमा कुपोषित बालबालिकाले सेवा पाउन नसकेकको एक स्वास्थ्यकर्मीले बताएका छन् ।
जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा. निर्मल नगरकोटीका अनुसार जिल्लाको ग्रामीण बस्तीमा गरिबी र पोषिलो खानाको अभाव, अस्थायी परिवार नियोजनको साधन प्रयोग नगरी बर्सेनि बच्चा उत्पादनले गर्दा यस जिल्लाको ग्रामीण भेग क्षेत्रमा बढी बालबालिकामा कुपोषण हुने गरेको पाइएको छ । कुपोषण भएका बालिकालाई नियमित उपचाररात्मक लिटो सेवाग्राहीलाई सहजै उपलब्ध गराउदै आएको उहाँले बताउनु भयो ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…