मुगुका १८ मतदान केन्द्र अति सम्वेदनशील
जिल्ला सुरक्षा समितिले जिल्लाका १८ मतदान केन्द्र अति सम्वेदनशील रहेको जनाएको छ । ६० ओटा मतदान केन्द्रमध्ये सुरक्षा समितिले १८ अति सम्वेदनशील, १९ सम्वेदनशील र २३ सामान्यमा राखेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
सदुरमुकाम गमगढी नजिक रहेको छाँयानाथ रारा नपा-१२ शोभा गाँउमा रहेको मतदान केन्द्रमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ०७० को संविधान सभाको निर्वाचनमा सामान्य अवरोध गरेका थिए ।
यसैगरी ०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतपेटिकासहित सबै निर्वाचनका सामग्री लुटेका थिए ।
छाँयानाथ रारा नपा-१२ शोभा गाँउका नेपाली काङ्ग्रेस र बाम गठबन्धनका समर्थकलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदान केन्द्र खारेज गर्न दबाव दिँदै आएका छन् ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकरीका अनुसार केही मतदान केन्द्रका मतदातालाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्की दिएको जानकारी आफूले पाएको र निर्वाचन विरोधी गतिविधि गर्नेसँग सम्झौता नगरी आवश्यक कारबाही गरिने बताए ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…