मुख्य न्यायाधीश नहुँदा सेवाग्राही मर्कामा
पुनरावेदन अदालत जुम्लामा विगत तीन महिनादेखि मुख्य न्यायाधीश नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश नहुँदा बेञ्च बस्न नसकेको र मुद्दा फैसला गर्नका लागि दुई जना न्यायाधीश आवश्यक पर्ने भएकाले एकजना न्यायाधीशको अनुपस्थितले इजलास नचलेपछि सेवाग्राही मर्कामा परेका हुन ।
पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायधीश टङ्कबहादुर मोक्तान दाङ तुल्सीपुरस्थित पुनरावेदन अदालतमा काजमा रहेको र नेपालगञ्ज पुनरावेदन अदालतका न्यायाधीश वीरबहादुर डाँगीलाई पुनरावेदन अदालत जुम्लाको जिम्मेवारी दिएपनि उनको उपस्थिति नभई बेञ्च बस्न नसकेको पुनरावेदन अदालतका रजिष्टार माधव पौडेलले बताए ।
अर्को आदेश नभएसम्म पुनरावेदन अदालत जुम्लाको कामकाज गर्नेगरी सर्वोच्च अदालतले ०७३ असार १ गते गरेको निर्णय अनुसार न्यायाधीश डाँगीलाई पुनरावेदन अदालत जुम्लाको जिम्मेवारी प्रदान गरेको उनले बताए । उनले भने–‘फैसलाका लागि अङ्ग पुगेका मुद्दाहरू छन् । तर, न्यायाधीश नभएका कारण समयमा कानुनी सेवा प्रवाह गर्न सकिएको छैन । यस विषयमा पटकपटक सर्वोच्च अदालतमा पहल गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।
न्यायधीश नभएका कारण ५१ थान मुद्दा पेशीमा राखिएपनि अन्तिम फैसला हुन नसकेको अधिवक्ता मिनबहादुर महतले बताए ।
पुनरावेदन अदालत जुम्लामा ६२ थान मुद्दा मध्ये पेशीमा चढेका ५१ थान मुद्दा मुख्य न्यायाधीश नभएका कारण अन्तिम सुनुवाइ हुन नसकेको कानुन व्यवसायीहरूको भनाइ छ ।
गएको आर्थिका वर्ष ०७२/०७३ मा ३९ थान मुद्दा जिम्मेवारी सरेर आएका र चालु आर्थिक वर्ष ०७३/०७४ मा २३ थान मुद्दा दायर भएको पुनरावेदन अदालत जुम्लाले जनाएको छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…