मुक्त हलियाहरुको न्यायिक पुनर्स्थापनाको अभाव, निर्मितबस्ती जङ्गलमा परिणत
मुक्त हलियाहरुको न्यायिक पुनर्स्थापनाको अभावमा मुक्त हलियाहरुको पुनर्स्थापनाका लागि निर्मितबस्ती नै जङ्गलमा परिणत भएको छ । पूर्वीचौकी गाउँपालिका–२ बगलेकस्थित जङ्गल भित्र १८ घरपरिवार मुक्त हलियाहरुलाई बस्नका लागि सरकारले निर्माण घरेका घरहरुमा मुक्त हलियाहरु नबस्दा ती घरहरु भग्नवषेशका रुपमा रहेका छन् भने मुक्त हलियाबस्तीनै जङ्गलमा परिणत भएको छ ।
सरकारले हचुवाको भारमा जङ्गल भित्र घर मात्रै निर्माण गरी बस्न लगाएको भए पनि समान्य आधारभूत सुविधा समेत नभएकोले आफूहरु उक्तबस्तीमा बस्न नसकेको मुक्त हलियाहरुको गुनासो रहेको छ । मुक्त हलियाहरुको लागि सात वर्ष पहिले निर्माण गरिएका यी घरहरु भत्किएका र भत्किने क्रममा रहेका छन् ।
सरकारले मुक्त हलियाहरुको पुनर्स्थापनाका लागि भनेर घर निर्माण गरिएको स्थानमा पानी तथा बिजुलीको समेत व्यवस्था नभएका कारण मुक्त हलियाहरुले घरमा बस्न बन्द गरेको हलिया मुक्ति समाज, डोटीका अध्यक्ष बजिरसिंह नेपालीले गुनासो गर्नु भयो ।
सरकारले हलिया पुनर्स्थापनाका लागि निर्माण गरेका घरहरु मापदण्ड अनुसार नभएका र मुक्त हलियाहरुलाई थप समस्या सृजना गर्ने गरी हचुवाको भरमा पुनर्स्थापनाका प्रयासहरु भएकाले आफूहरुले थप समस्या भोग्नु परेको हलिया मुक्ति समाजका अध्यक्ष नेपालीको भनाइ छ ।
मुक्त हलिया पुनर्स्थापनाबस्तीमा विद्यालय, खानेपानी, विद्युत् तथा न्यूनतम विकासका पूर्वाधार हुनु पर्ने कार्यविधिमा उल्लेख भए पनि कार्यविधि विपरित बगलेकको बीच जङ्गलमा बस्ती बसाउँदा समस्या भएको मुक्त हलियाको गुनासो छ ।
मुक्त हलिया पुनर्स्थापनाका लागि जमिन खरिद गरी घर निर्माण कार्यहरु भएका भए पनि मुक्त हलियाहरुको वर्तमान अवस्था र समस्याका बारेमा जानकारी नभएको जिल्ला मालपोत कार्यालय, डोटीका प्रमुख प्रेमबहादुर माझीले बताउनु भयो ।
मुक्त हलिया प्रतिपरिवारको जग्गा खरिदका लागि २ लाख र घर निर्माणका लागि ३ लाख २५ हजार रुपियाँ सरकारले उपलब्ध गराएको उहाँले बताउनु भयो ।
स्थानीय सरकारलाई बगलेकस्थित मुक्त हिलायहरुका लागि बनाएको बस्तीका बारेमा जानकारी नभएको र मुक्त हलियाका लागि बनाइएका घरमा मुक्त हलियाहरु नबस्नुको कारण र आधारभूत आवश्यकता पुरा हुने पूर्वाधार बिना नै घर मात्रै निर्माण कसरी गरियो भन्ने विषयमा अध्ययन गर्न आवश्यक रहेको पुर्बीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनु भयो ।
सरकारले मुक्त हलियाहरुको आधारभूत आवश्यकता पुर्ति हुने गरी पुनर्स्थापनाका लागि बनाइएका योजनाहरुमा आफूहरु सहभागी हुने मुक्त हलियाहरुको भनाइ छ ।
हलिया मुक्ति समाज, डोटीको तथ्याङ्क अनुसार जिल्लामा १ हजार १ सय ५३ जना मुक्त हलियाहरुको पुनर्स्थापना गरिएको, ३३ जना हलिया परिवारले सरकारबाट पाउनु पर्ने रकम मध्ये एक किस्ता रकम प्राप्त गरेका, ६७ जना मुक्त हलियाहरुले परिचय पत्र पाएका र ८७ जना मुक्त हलियाहरुले परिचय–पत्र समेत पाउन सकेका छैनन् ।
प्रमेबहादुर भण्डारी
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…