मिलापत्रबाटै टुंगिन्छन् महिला हिंसाका उजुरी
विभिन्न घटनामा पीडित बनेर न्यायका लागि प्रहरीमा पुगेका महिलाका उजुरीहरु अन्ततः मिलापत्रबाटै टुंगिने गरेका छन् । महिलाहरुको न्यायका लागि कानूनले प्राथमिकता दिएपनि मिलापत्र नै अन्तिम विकल्प बन्ने गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतमा स्थापना भएको महिला बालबालिका सेवा केन्द्रमा चालु आर्थिक बर्षमा परेका ३९ उजुरी मध्ये ३३ उजुरी प्रहरी कार्यालयबाट नै फछ्र्यौट भएका छन् । यसरी फछ्र्यौट भएका उजुरी मध्ये ३० वटा उजुरी मिलापत्रबाट टुंगिएका छन् भने २ वटा मात्रै पर्वत जिल्ला अदालतमा पठाइएको छ ।
यसरी परेका उजुरी मध्ये अधिकांश भन्दा बढी २४ उजुरी श्रीमान्ले मदिरा सेवन गरेर कुटपिट गर्ने गरेको, ६ वटा खानलाउन नदिएको, ५ वटा बालबच्चाको रेखदेख नगरेको र घरमा बेवास्ता गर्ने गरेको, ३ वटा महिला बेपत्ता भएको र १ बहुविवाह सम्बन्धीका उजुरी रहेको महिला बालबालिका सेवा केन्द्रमा कार्यरत महिला प्रहरी जवान सिमा थापाले जानकारी दिनुभयो ।
उजुरी परेपछि दुबै पक्षलाई बोलाएर छलफल गराइने र छलफलबाट निष्कर्षमा पुग्न नसकेमा अदालतमा पठाउने गरेको उहाँले बताउनुभयो ।
‘यहाँ आइसकेपछि पति पत्नी मिलेर बस्ने र पतिले आगामी दिनमा थप पिडा नदिने सहमति गरेर धेरै उजुरीहरु फछ्र्यौट भएका छन्’ उहाँले भन्नुभयो ‘एकपटक उजुरी परिसकेपछि पुनः सोही महिला पीडित भएँ भन्दै उजुरी दिएमा आरोपितलाई कारबाहीका लागि अदालत पठाउने गरेका छौँ’ उहाँले प्रहरीमा आएर मिलापत्र गरिसकेपछि एक दुई बाहेक दोश्रो पटक कसैलाई बोलाउन नपरेको बताउनुभयो ।
पर्वतको जलजला गाउँपालिका ५ लेखफाँटकी २८ वर्षीय गंगा परियारले सुरुमा पतिले जाँडरक्सी सेवन गरेर आफू र छोराछोरीलाई कुटपिट गर्ने गरेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएको स्मरण गराउँदै प्रहरीको रोहबरमा मिलापत्र भएपछि अहिले घरमा कुनै समस्या नभएको बताउनुभएको छ ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…