मिर्मीवासीद्वारा एलडिओसहित कर्मचारी थुनिए
स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई फागुन ३० गते मिर्मीका स्थानीयवासीले थुनेको राससले जनाएको छ । फागुन ३० गते मिर्मीमा अयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गएका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसहित जिविसका अन्य कर्मचारीलाई स्थानीयवासीले थुनेका हुन् ।
कालीगण्डकी गाउँपालिकाको केन्द्र विर्घा तय गरिएको विरोधमा स्थानीयवासीले सार्वजनिक सुनुवाइ सञ्चालन गर्न नै नदिई मिर्मी क्याम्पसको सभाकक्षमा सुरु हुनासाथै बाहिरबाट आक्रोशित भीडले तालाबन्दी गरेको हो । कालीगण्डकी गाउँपालिकाको केन्द्र मिर्मी वा विर्घा कायम गर्नका लागि दुईवटै स्थानको नाम पठाइएकोमा पछिल्लो समय विर्घा कायम भएर आएको भन्दै मिर्मीका स्थानीयवासी आक्रोशित बनेका हुन् ।
सोमबार नै स्थानीय विकास अधिकारी अर्यालले विर्घामा कालीगण्डकी गाउँपालिका कार्यालयको उद्घाटन गरेकाले पनि मिर्मीका स्थानीयवासी थप आक्रोशित भएका हुन् । “सभाहलमा सार्वजनिक सुनुवाइ सुरु भएलगत्तै आक्रोशित भीडले बाहिर र भित्र दुवैबाट च्यानल गेटमा तालाबन्दी गरेका हुन्, सभाहलमा जिविसका एलडिओसहितका कर्मचारी तथा कार्यक्रममा सहभागी अन्य स्थानीयवासी पनि थिए” प्रत्यक्षदर्शी भोजराज अर्यालले भने ।
स्थानीयवासीले दिउँसो करिब १ घन्टा स्थानीय विकास अधिकारी अर्यालसहित जिविसका सूचना अधिकृत धनप्रसाद कोइराला, योजना अधिकृत यामप्रसाद रेग्मी तथा सार्वजनिक सुनुवाइमा सहभागी भएका व्यक्तिहरू पनि सभाहलमै थुनिएका थिए ।
एक हप्ताअघि स्याङ्जामा सरुवा भएर आएका स्थानीय विकास अधिकारी अर्यालले भने केन्द्र कहाँ राख्ने भन्ने विषय निर्वाचित जनप्रतिनिधिले बहुमतका आधारमा टुङ्गो लगाउन सक्ने बताए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…