मासपुरबासीले अनुदानको खाद्यान्न नपाएको गुनासो
ताँजाकोट गाउँपालिका–३ मासपुरमा खाद्यन्नको समस्या भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न हालसम्म नपाएको स्थानीयले गुनासो गरेका छन् । लिमिटेडको खाद्यान्न बिक्री केन्द्र पुग्न एक दिन लाग्ने र खाद्यान्न बिक्री वितरणका विषयमा मासपुरबासीलाई थाहा नहुने भन्दै खाद्य समस्या हुने गरेको स्थानीयले गुनासो गरेका हुन् ।
स्थानीय दानबहादुर बुढाले विगत चारवर्षदेखि हालसम्म लिमिटेडको खाद्यान्न गाउँवासीले नपाएको गुनासो गर्नु भयो । उहाँले गाउँपालिका केन्द्र छप्रेलामा रहेको बिक्री केन्द्र मासपुर गाउँबाट पुग्न एक दिन पैदल लाग्ने र केन्द्रबाट खाद्यान्न बिक्रीका विषयमा जानकारी नहुने भएपछि सो खाद्यान्न पाउन वञ्चित हुँदै आएको बताउनु भयो ।
कतिपय स्थानीयलाई त बिक्री केन्द्रबाट ढुवानी अनुदानमा खाद्यान्न बिक्री हुन्छ भन्नेसम्म जानकारी नभएको पाइएको छ । उहाँले दुर्गमका लागि लिमिटेडले ढुवानीको व्यवस्था गरेर गाउँगाउँमा पु¥याउने व्यवस्था गर्न मासपुरवासीको माग रहेको बताउनुु भयो । कहिल्यै लिमिटेडको
खाद्यान्न नपाउने मासपुरवासीका लागि निश्चित कोटाको व्यवस्था गर्न लिमिटेडसँग स्थानीयले माग गर्नु भएको छ । मासपुरका स्थानीय खाद्यान्न खरिद गर्नु प¥यो भने बाजुरा र हुम्ला जिल्लाको सीमाना कवाडी पुग्ने गरेको उहाँले बताउनु भयो । यसरी खाद्यान्न खरिद गर्दा साढे दुई दिन लाग्ने गर्छ ।
विगत चार वर्षदेखि छप्रोलामा बिक्री केन्द्र स्थापना भएर ताँजाकोट गाउँपालिकाका लागि खाद्यान्न बिक्री गरिदै आएको छ । लिमिटेडको सिमकोट शाखाका निमित्त नवीन आचार्यका अनुसार यस बारेमा आफूलाई जानकारी नभएको र बुझेर खाद्यान्न नपाउने मासपुरवासीलाई प्राथमिकतामा राखेर खाद्यन्न बिक्री गर्न लगाउने बताउनु भयो ।
चालु आर्थिक वर्षमा बिक्री केन्द्रका लागि एक हजार क्विन्टल खाद्यान्न पैदल मार्गबाट कोटा निर्धारण गरिएकोमा हालसम्म २ सय ७० क्विन्टल ढुवानी भएको निमित्त प्रमुख आचार्यले बताउनु भयो । सो गाउँका करीव १ सय ५० जना स्थानीय नागरिक खाद्य सम्प्रभूताको अधिकारबाट बन्चित हुनु परेको स्थानीय बुढाले गुनासो गर्नु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…
कर्णालीका ५५ प्रतिशत बालबालिकामा कुपोषण
नेपालको संविधानको धारा ३८ र धारा ३९ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावले जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हकको अधिकार भएको उल्लेख गरिए पनि कर्णालीमा गरिबीकै कारण ज्यान गएको पाइन्छ ।…