मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितविरुद्ध उजुरी

  ०८० वैशाख ३० गते

२० वर्षीया र २१ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा गल्छी गाउँपालिका-८ निबुवाबोटोमा रहेको सानदार होटल एण्ड लजका सञ्चालिका ४७ वर्षीया सरस्वती पनेरु पण्डितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० वैशाख २९ गते उजुरी दर्ता भएको छ ।

आरोपित सरस्वतीले ललाइ फकाई, धम्की दिएर र प्रलोभनमा पारेर मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पीडितहरूले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले बताउनु भयो ।

आरोपितलाई वैशाख २७ गते गिरफ्तार गरेको एसपी मिश्रले जानकारी दिनुभयो ।

पीडित महिलाहरूको स्वास्थ्य परीक्षण वैशाख २९ गते धादिङ अस्पतालमा भयो ।

आरोपितलाई जिल्ला अदालतले अनुसन्धान गर्नका हिरासतमा राख्न तीन दिनको अनुमति दिएको एसपी मिश्रले बताउनु भयो ।


सीताराम अधिकारी