मालपोत अधिकृतमाथि दुर्व्यवहार

मालपोत कार्यालय बाराका अधिकृत ५१ वर्षीय सुमन चौधरीलाई माघ १२ गते मखुण्डो लगाएर आएका दुई जनाले मोसो दलेर दुर्व्यवहार गरी भागेको पीडितले बताएका छन् ।

अमाव गाविस-२ बेलवा गाउँका चौधरी कार्यालयमै बसिरहेका बेला मखुण्डो लगाएर आएका दुई  जनाले आफूहरू ऐलानी जग्गामा बस्दै आएकोले काम गरिदिनु भन्दै मोसो छरेर दुर्व्यवहार गरेको पीडित चौधरीले बताए ।

आरोपीतहरू फरार भएकाले उनीहरूको खोजी कार्य र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र रेग्मीले बताए । पीडित पक्षले प्रहरीमा उजुरी दिएका छैनन् ।


लक्ष्मीसाह सोनार