मालपोतका प्रमुखलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक समूहले भदौ ३० गते जिल्ला मालपोत कार्यलय नवलपरासी, कावासोतीका प्रमुख खगेन्द्र घिमिरेलाई कार्यकक्षमै मोसो दलेको पीडित पक्षले आरोप लगाएको छ ।
तीनजनाको समूहमा मालपोत कार्यालय पुगेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेपछि पर्चा छोडेर फरार भएको प्रहरीले जनाएको छ ।
पर्चामा घिमिरेले सुकुमबासी आयोगको रकम दुरुपयोग गरेको, सडक विस्तारका लागि निकासा गरिएको रकम सम्बन्धित कार्यमा गरिने लगानीको अपचलन गरेको उल्लेख छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले भदौ ३० गते नै नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई गिरफ्तार गरेको जनाएको छ ।
गिरफ्तार गरिएका व्यक्तिको नाम सार्वजनिक गर्न नमिल्ने भन्दै इलाका प्रहरी कार्यालय कावासोतीका सई प्रकाश सिङ्खडाले घटनाको अनुसन्धान गरिरहेको बताए ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…