मार्ने धम्की दिएको आरोपमा प्रहरीमा उजुरी
सिमकोट गाउँपालिका–५ घरभई जिल्ला वार एशोसियसनका सचिव ३६ वर्षीय अधिवक्ता राजन चन्दलाई सोही ठाउँका मिदि जाग्मु लामाले मार्ने धम्की दिएको भन्दै चन्दले चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
अधिवक्ता चन्द र स्थानीय लामाको घरसँगै रहेकाले जग्गाको विषयमा उठेको विवादका कारण दुई पक्षबीच यसअघि जिल्ला अदालतमा आपराधिक मुद्दामा उजुरी दर्ता भई फागुन २५ गते जिल्ला अदालत हुम्लाले १५ दिन कैद, १० हजार रुपियाँ जरिबाना र अधिवक्ता चन्दलाई ८० हजार रुपियाँ क्षतिपूर्ति तिर्ने भन्दै फैसला गरेको थियो ।
अदालतको फैसलालाई व्यवस्ता गरी लामाले फागुन २९ गते आफूलाई कार्यालयमा काम गरिरहेको समयमा आएर मार्ने धम्की दिएपछि आफुले जिल्ला अदालतमा फागुन २९ गते र जिल्ला प्रहरी कार्यालयमा चैत २ गते शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएको अधिवक्ता चन्दले बताउनु भएको छ ।
वकिलले आफूलाई धम्की दिएको भन्दै लामाले चैत २ गते नै प्रहरीमा उजुरी दिएको डिएसपी हेमलाल भट्टराईले बताउनु भएको छ । उहाँका अनुसार फैसला भएको पाँच दिन नहुँदै क्षतिपूर्तिको दावी गरेको र लामाले आफ्नो मुद्दा के भएको छ भन्ने विषयमा अदालतमा जाँदै गर्दा चन्दले उल्टै धम्की दिएको भन्ने उजुरीमा खुल्न आएको छ । अब कानुनी प्रक्रिया अनुसार मुद्दा अघि बढ्ने डिएसपी भट्टराईको भनाई छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…