मापदण्ड पूरा नगरेको भन्दै चार पानी उद्योगलाई उत्पादन बन्द गर्न निर्देशन
पिउने पानी उत्पादन गर्दै आएका कम्पनीहरूले मापदण्ड पूरा नगरेको भन्दै बागलुङ र पर्वतका चार पानी उत्पादक कम्पनीलाई पानी उत्पादन गर्न रोक लगाइएको छ ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको भन्दै बागलुङका दुई र पर्वतका दुई पानी उत्पादक उद्योगलाई उत्पादन तत्काल बन्द गर्न निर्देशन दिएको हो ।
कार्यालयले १५ गते गरेको अनुगमनको क्रममा चारओटै उद्योगले नयाँ निर्देशिका बमोजिमको मापदण्ड पूरा नगरेको भेटिए पछि उत्पादन बन्द गर्न निर्देशन दिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङका निमित्त प्रमुख केदार पौडेलले जानकारी दिए ।
निर्देशिका अनुसार पानी उत्पादनका लागि बोतलको वासिङ, फिलिङ र क्यापिङको काम स्वचालित मेशिनबाट गर्नुपर्ने भएपनि सो अनुसार नभएको पाइएपछि प्रशोधित पानीको गुणस्तर सुधार्न कृषि मन्त्रालयले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागू गर्दै नयाँ निर्देशिका जारी गरेको छ ।
कार्यालयले बागलुङको महालक्ष्मी मिनरल वाटर एण्ड वेवरेजद्वारा उत्पादित कालिका पानी, कार्की मिनरल वाटर गल्कोटद्वारा उत्पादित ‘कार्की पिउने पानी, पर्वतको मुक्तिनाथ फुट एण्ड वेवरेज प्रालि र कर्माचार्य ब्रदर्सबाट उत्पादित मिनरल वाटर एण्ड बेवरेज इन्डष्ट्रिजलाई बोतलको पानी उत्पादन नगर्न निर्देशन दिएको जनाएको छ ।
‘निर्देशिका अनुसार स्वचालित मेसिन नराख्ने उद्योगको अब बोतलको पानी उत्पादन गर्ने अनुज्ञापत्र नविकरण हुँदैन,’ निमित्त कार्यालय प्रमुख पौडेलले भने–‘नियमानुसार अनुज्ञापत्र लिएर मात्र बजारमा पानी विक्री वितरण गर्न पाइन्छ ।’
आर्थिक वर्ष सुरू भएको तीन महिनाभित्र अनुज्ञापत्र नविकरण नभएमा वा नविकरणको प्रक्रियामा नगएमा पानीको विक्रीमा रोक लगाउन सकिने व्यवस्था छ । निर्देशिकाको बारेमा उद्योगीलाई जानकारी गराएर स्वचालित प्लाण्ट लगायतका पूर्वाधार निर्माण गर्न सबै उद्यागीलाई सचेत गरिएको कार्यालयले जनाएको छ ।
बोतलको पानी उत्पादनमा रोक लगाए पनि जारको पानी उत्पादनलाई कुनै अवरोध नभएको निमित्त कार्यालय प्रमुख पौडेलले बताए ।
‘नयाँ मापदण्ड कार्यान्वयनका लागि तत्काल बोतलको पानी उत्पादन बन्द गरेका छौँ’–महालक्ष्मी मिनिरल वाटर एण्ड बेवरेजका सञ्चालक प्रकाश राजभण्डारीले भने–‘तत्काल मेसिन किनेर ल्याउन समस्या छ ।’ विद्युत आपूर्तिको अवस्था र नयाँ भौतिक संरचना निर्माण गर्दा समय लाग्ने उनको भनाई छ ।
उद्योगको वास्तविक अवस्थाबारे तयार गरिएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बागलुङ र पर्वतलाई जानकारी गराइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, बागलुङले दुवै उद्योगका सञ्चालकलाई माघ २० गते आइतबारसम्म सम्पूर्ण कागजात सहित कार्यालयमा उपस्थित हुन पत्र पठाएको जिल्ला प्रशासन कार्यालय, बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…