मान्छेको मानसिकतामा परिवर्तन ल्याउनसके हिंसा न्यूनीकरणः अन्सारी

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले मान्छेको मानसिकतामा परिवर्तन ल्याउन सके मात्रै महिला विरूद्धका हिंसामा कमी आउने बताएकी छन् ।

Photo20170310Morang

१ सय ७ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फागुन २७ गते विराटनगरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको महिला हिंसा विरूद्धको अधिकार विषयक क्षेत्रीय सम्मेलनमा उनले समाजमा भएका गलत मान्यतालाई चिर्न सके महिला हिंसामा कमी आउन मद्दत पुग्ने बताएकी हुन् ।

मानव अधिकार आयोगले सधैँ निष्पक्षतालाइ प्राथमिकता दिने बताउँदै जुनसुकै राजनितिक दलका नेताहरूको नेतृत्वमा सरकार बने पनि राज्यलाइ जवाफदेही बनाउन आयोग पछि नहट्ने बताइन् ।

Photo20170310Morang1

त्यसैगरी ताप्लेजुङ प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवान रमिला राईले कामको अनुभव सुनाउँदै आर्थिक रूपमा सक्षम नभएका कारण हिंसामा परेका महिलाहरूलाई कानुनी उपचार दिन नसकिएको बताइन् ।

पतिको कुटाइका कारण दुई वटा दाँत झरेपछि दाँतनै लिएर प्रहरी कार्यालयमा आएकी एक महिलाले 'तपाईँको श्रीमानलाई कारबाही गर्नुपर्छ भन्दा कमाउने मान्छे नै श्रीमान भएकोले बरू सजाय नदिनु' भन्दै उजुरी नै फिर्ता लिएर गएको बताइन् ।

महिलाहरू स्वरोजगार र आर्थिक रूपमा सक्षम नभएसम्म महिला हिंसाका घटनाहरूमा कमी नआउने मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले बताए ।

त्यसैगरी मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले ४० प्रतिशत भन्दा बढि महिला हिंसाका घटना मादप पदाथ सेवन तथा लागुऔषधको दुर्व्यसनीका कारण हुने हुदा यसलाइ निरूत्साहित बनाउन सबै लाग्नुपर्नेमा जोड बताए ।


इन्दिरा भट्टराई