मानसिक स्वास्थ्य पीडित उपाचार अभावमा फलामे खोरभित्र !
तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा, बोखिका उदयनारायण दाहाल मानसिक रोगका कारण करिब पाँच वर्षदेखि फलामको खोरमा थुनिएका छन् ।
समयमै औषधि उपचार नभएपछि 'असामाजिक गतिविधि गर्न थालेको' भन्दै दाहाललाई परिवारले पशु जस्तै खोरमा थुनेर राखेको हो ।
३४ वर्षीय दाहाललाई वैदेशिक रोजगारीले अहिले खोरमा पुर्याएको छिमेकीहरूले बताए । खोरमा बस्न बाध्य दाहालले खोर भित्रै खाना खाने गरेका छन् । उनलाई सरसफाई गर्न गाउँका ४/५ जना युवाहरू बोलाउनु पर्ने परिवारका सदस्यले बताए ।
०६३ सालमा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका दाहाल ऋण तिर्न नसक्दा मानसिक रोगी भएर घर फर्किएका जनाइएको छ ।
वैदेशिक रोजगारीमा गएको दश महिनापछि छोरा बिरामी भएको खबर आएपछि काठमाडौँमा उपचार गरेपनि दाहालको व्यवहारमा परिवर्तन नआएको उनका बावु चुडामणी दाहालले बताए ।
उनले भने-"छोराको काठमाडौँमा उपचार गरियो । जाती भएन । अहिले खोरमा राख्न बाध्य भइयो ।" दाहालले दिन प्रतिदिन गाउँमा 'असामाजिक' गतिविधि गर्न थालेकाले छिमेकीहरू आजित भएपछि पाँचथरको फिदिम पुगेर ३५ हजार रुपियाँमा फलामको खोर बनाएर ल्याएको समेत चुडामणीले सुनाए ।
'छोरालाई थुनेर राख्नुपर्दा कुन बावुआमाको मन नरोला ?'-आमा मैना दाहालले बिलौना गरिन् । उपचारका क्रममा डाक्टरले बिरामी दाहाललाई 'बाइपोलार डिर्स्अर्डर' रोग लागेकाले लामो समयसम्म नियमित औषधि सेवन गर्नु पर्ने सल्लाह दिए पनि आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि घरमा ल्याएर खोरमा राख्न बाध्य भएको चुडामणीले बताए ।
दाहालको उपचारका लागि अहिलेसम्म ५ लाख रुपियाँभन्दा बढी खर्च भइसकेको उनले सुनाए । राम्रो उपचार पाए छोराको अवस्था सुध्रन सक्ने आशा राखेका दाहालका परिवारले आर्थिक सहयोगका लागि याचनासमेत गरेका छन् ।
भगिश्वर लिम्बु
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…