मानसिक स्वास्थ्यमा समस्या भएपछि वर्षौदेखि बन्द कोठाभित्रै कष्टकर जिवन
गोरखा नगरपालिका– ५ नाङ्लेपानी का ४३ वर्षीय मंगलबाबु सिर्मल मानसिक स्वास्थ्यमा समस्या भएपछि कयौ वर्षदेखि बन्द कोठाभित्रै बन्दक जस्तो जिवन बिताई राख्नुभएको छ ।
माघ १४ गते दिउँसो केहि बेर घाम ताप्न आगनमा निक्लिनुभएका मंगलबाबुलाई परिवारका सदस्यले कोठा भित्र जान आग्रह गरेपछि परिवारको सदस्यले भने बमोजिम कोठामा छिर्नुभयो ।
फलामे ढोकाको चुक्कुल लगाएपछि मंगलबाबु आफ्नै सुरले भित्र बाहिर गर्न सक्नुहुन्न उहाँलाई खाना पनि कोठामै पुग्छ । उहाँ सुत्ने कोठाको एक छेउमा शौचालय छ । २० वर्ष अघि मानसिक स्वास्थ्य समस्या देखिएदेखि उहाँलाई कहिले कोठामा थुनेर राख्नु पर्ने त कहिले साङ्लाले बाधेर राख्नुपरेको परिवारको बाध्यता छ । उहाँको उपचारका लागि परिवारका सदस्यले काठमाडौ, भरतपुर देखि भारत सम्म पुर्याए । ६ महिना सम्म धामीलाई घरमै बोलाई झारफुक पनि गरे । तर स्वास्थ्य समस्यामा सुधार नआएको उहाँको आमा फिस्टी सिर्मलले बताउनुभयो । ‘स्कुल पढ्दा सम्म केहि भएको थिएन, एसएलसी पास गरेर क्याम्पस जान थालेपछि यस्तो समस्या देखियो,’ उहाँले भन्नुभयो, ‘चिच्याउने कराउने गर्न थालेपछि के भयोे भनेर अस्पताल पुर्यायौँ, डक्टरले औषधि खानुपर्छ भन्नुभएको छ ।’ २० वर्ष यता मंगलबाबुमा स्वास्थ्य समस्या देखिएको उहाँले बताउनुभयो ।
‘मेरो जेठो छोरो हो, उपचार होला भनेर खेत बारी बेचेर पनि अस्पताल पुगेको छु, डक्टरले औषधि नियमत खानुपर्छ भनेपछि मासिक तिन हजारको औषधि जसोतसो गरेर खुवाएको छु, अहिले सम्म उपचार गर्दा कति खर्च भइसक्यो ।’ केहि वर्ष अघि छोरालाई ६ महिना सम्म सुधार केन्द्रमा समेत लगेर राखेको उहाँले बताउनुभयो् । ‘उपचार राम्रो नभएपछि अहिले घरमै ल्याएर राखेको छु, फलामको ढोका बनाएर त्यहि भित्र बाबु बस्छ, खानेकुरा मैले यसो उसो गरेर पुर्याएको छु’ उहाँले बताउनुभयो ।
फलामे ढोका भित्र मंगलबाबु वर्षौ देखि बस्दै आएको सूचना पछि आइतबार जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियार लगायतका सरोकारवाला नाङ्लेपानी पुग्नुभएको थियो । मंगलबाबुको उपचार र उद्धारका लागि मानव सेवा आश्रम लगायतका संघ संस्था सँग पहल भइरहेको परियारले बताउनुभयो ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…