मानसिक रोगीको उपचारका लागि राज्य गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरूको जोड
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा असोज २४ गते विराटनगरमा आयोजित एक कार्यक्रममा मानसिक रोगीहरूको उपचार तथा पुनःस्थापनामा सरकार गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
कार्यस्थलमा मानसिक स्वास्थ्य भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवालाहरूले मानसिक स्वास्थ्यको क्षेत्रमा अस्पताल र चिकित्सक पनि नगन्य रूपमा हुनुले सरकार गम्भीर नभएको जनाउँदै यसमा ठोस कदम चाल्न आग्रह गरेका हुन् ।
मानसिक समस्या भई घर छोडेर हिँड्ने रोगीहरूलाई परिवार र समाजले पनि बेवास्ता गर्ने गरेको भन्दै उनीहरूको उपचार र व्यवस्थापन गर्ने जिम्मा राज्यको भएको बताए ।
सोही क्रममा राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका पूर्व क्षेत्रीय निर्देशक कोषराज न्यौपानले मानसिक रोगीको उपचार गर्ने पाटन अस्पतालमा पनि राम्रो सेवा नहुने भन्दै अब हरेक प्रदेशमा बजेट विनियोजन गर्दै मानसिक रोग उपचार गर्ने अस्पताल र पुनःस्थापना केन्द्र निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।
कडा खालका मानसिक रोगीहरू सडकमा भौतारिँदै हिँड्ने र साङलोमा बाँधिएर बस्नुपर्ने भई अपराधको शिकार हुने गरेकोले पनि चाँडै नै उनीहरूको उद्धार गरेर उपचार गर्नुपर्ने भन्दै न्यौपानेले सकभर उपचार स्थानीयस्तरमै गर्ने वातावरण निर्माणमा जोड दिए ।
सोही क्रममा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले विराटनगरमा मानसिक रोगीहरूलाई उचित व्यवस्थापन र सामाजिक सुरक्षा प्रदान गर्न महानगरपालिका तयार रहेको बताए । उनले महानगरले वौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि बजेट छुट्याइएको बताउँदै महानगर भित्र रहेका कडा खालका मानसिक रोगीलाई उपचार र पुनःस्थापनाका लागि महानगरका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए ।
यस्तै साइकोथेरापिस्ट डाक्टर अर्चना पोखरेलले मानसिक रोगीको उपचार सम्भव भएकोले समयमै उपचार गर्न सचेतना जगाउनु पर्ने बताइन् । इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले मानसिक रोगीको उद्धार, उपचार र पुनःस्थापनामा राज्य गम्भीर नदेखिएको आरोप लगाउँदै निको हुने मानसिक रोगीले पनि उपचार अभावमा नर्क जस्तो जीवनयापन गर्न बाध्य भएको बताए ।
नेपालमा प्रत्येक तीन जनामा एकजना मानसिक रोगी हुने गरेको तर त्यस अनुपातमा चिकित्सक पर्याप्त नभएको र अस्पतालमा शैयाको समेत अभाव हुने गरेको बताइएको थियो । सोही क्रममा पत्रकार गणेश लम्सालले मानसिक रोगीको विषयमा मिडियाले पनि प्राथमिकता दिनुपर्ने भन्दै मानसिक रोगीहरूको आवाज मिडिया हुनुपर्ने बताए ।
इन्दिरा भट्टराई
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…