मानव वेचविखन आरोपमा अनुसन्धानका लागि कोशी प्रदेशका निर्वतमान कानून मन्त्री गिरफ्तार
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
मानव बेचविखन घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ०८१ कात्तिक २५ गते विराटनगर महानगरपालिका-२ स्थित घरबाट अनुसन्धानका लागि मन्त्री अधिकारीलाई गिरफ्तार गरेको हो ।
प्रहरीले गिरफ्तारीसँगै अनुसन्धानका लागि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई विराटनगर, एयरपोर्टमार्फत काठमाण्डौँ लैजाने तयारी गरेको छ ।
अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि निवर्तमान आन्तरिक मामिला मन्त्री अधिकारीलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । अधिकारीलाई गिरफ्तारीका लागि सहजीकरण गर्न काठमाण्डौँ प्रहरी परिसरबाट आएको टोलीसँग जिल्ला प्रहरी कार्यालयका एसपी नारायण चिमोरिया पुगेसँगै प्रहरीले अधिकारीलाई गिरफ्तार गरेको हो ।
जापान भ्रमणमा जाने नाममा मानव तस्करी गरेको आरोप कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी नारायण चिमोरियाले बताउनु भएको छ ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…