मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा भदौ २० गते बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरिएको छ ।
"एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार" भन्ने मूल नाराका साथ मानव बेचविखन विरुद्धको दशौँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौँको भृकुटीमण्डपबाट निकालिएको प्रभातफेरी भद्रकाली, न्यूरोड हुँदै कमलादीस्थित प्रज्ञाभवनमा आएर मूलसमारोह कार्यक्रममा सहमाहित भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रधानन्यायाधीश शुशिला कार्कीले भूकम्पपछि मानव बेचविखनको घटना दिनप्रतिदिन बढेको उल्लेख गर्दै यस क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले मानव बेचविखन विरुद्धको अभियान ग्रामीण तहसम्मै लग्नु पर्ने बताइन् ।
मानव बेचविखनसम्बन्धी मुद्दाहरूमा प्रमाण अभावका कारण मुद्दा 'होस्टाइल' हुने गरेकोले नेपाल प्रहरी र सरकारी वकिललाई प्रमाण सङ्कलन कार्यमा प्राथमिकता दिन भन्ने गरेको प्रधानन्यायाधिश कार्कीले बताइन् ।
मानवबेचबिखन विरुद्ध आएका वैदेशिक सहयोगलाई सदुपयोग गरी पीडित न्याय केन्द्रीत अभियानमा लाग्न यस क्षेत्रमा संलग्न संघ संस्थाहरुलाई उनले आग्रह गरिन् ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सहसचिव राधिका अर्यालले महिला तथा बालबालिका बेचविखन विरुद्धको सार्क महासन्धिलाई व्यवस्थापिका संसदबाट अनुमोदन गरेको दिन ०६३ भदौ २० गतेको स्मरण गर्दै २०६४ सालदेखि प्रत्येक वर्ष भदौ २० गते यस क्षेत्रमा काम गर्ने सरोकारवाला सबै निकाय, सङ्घसंस्था, अधिकारकर्मी, नागरिक समाज तथा सञ्चार जगतबाट सङ्गठित रूपमा मनाउँदै आएको बताइन् ।
यस वर्षमानव बेचविखन विरुद्धको दशौँ राष्ट्रिय दिवस भदौ १७ गतेदेखि भदौ २३ गतेसम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइने उनले जानकारी दिइन् ।
राष्ट्रिय मनव अधिकार आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले गरिवी, अशिक्षा तथा प्राकिृतिक विपत्तिमा परेर महिलाहरू बेचविखनबाट पीडित हुने गरेको बताइन् । उनले मानव बेचविखनको अन्त्य भएको देख्न चाहेको उल्लेख गर्दै मानव बेचविखनसम्बन्धी ऐन, रोजगारी ऐन परिमार्जन गरी कानुन र ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।
माइती नेपालकी अनुराधा कोइरालाले कानुनी प्रक्रिया पुर्याएर महिलालाई विदेशमा लगेर विक्री गर्ने गरेकोले यसतर्फराज्यले ध्यान दिनु पर्नेमा जोड दिइन् ।
संसदको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिकी सभापति रञ्जु झा ठाकुरले मानव बेचविखन जघन्य अपराध भएको उल्लेख गर्दै यस्ता अपराध अन्त्यका लागि सबैले सहकार्य गरेर लाग्नु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा प्रधानन्यायाधीश कार्कीलगायतका अतिथिहरूले "मानव बेचविखन विरुद्धको यात्रा" नामक पुस्तक सामूहिक रूपमा विमोचन गरेका थिए ।
त्यसैगरी कार्यक्रममा मानव बेचविखन विरुद्धको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै शक्ति समूहकी सुनिता दनुवार, माइती नेपालकी राममाया तामाङ, जिएमएसपीकी नानीमाया थापा, महिला तथा बालबालिका कार्यालयका शरद गुरुङ, जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी किरण बज्रचार्य, गोरखापत्रकी सम्बाददाता सीता शर्मा र काठमाण्डु पोष्टकी सम्बाददाता प्रतिक्षा गेलाल लगायतलाई सम्मान गरिएको थियो ।
इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय, काठमाडौँ
सम्बन्धित समाचारहरू
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…
बलात्कार प्रयास घटनाको मुद्दा मुल्तबीमा
२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका कञ्चनरूप नगरपालिका–५ पिप्रा पूर्वका २२ वर्षीय राजेश सरदारविरुद्धको मुद्दा जेठ २२ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको…