मानव बेचविखन विरुद्धको दिवसका अवसरमा विविध कार्यक्रम
मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा भदौ २० गते विभिन्न जिल्लामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएका खबरहरू प्राप्त भएका छन् ।
'एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार' भन्ने मूल नाराका साथ १० औँ मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस मनाइएको हो ।
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार मानव बेचविखन तथा ओसारपसार विरुद्धको जिल्ला कार्य समितिले जनचेतनामूलक र्याली प्रदर्शन गरेको छ ।
समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको नेतृत्व तथा जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको सहयोगमा र्याली प्रदर्शन गरिएको हो ।
इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार महिला तथा बालबालिका कार्यालय र अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूको संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको र्याली महेन्द्रनगर बजारको परिक्रमा गरी मदनचोकमा कोणसभामा परिणत भएको थियो ।
जिल्लाका प्रत्येक गाविस तथा नगरपालिकामा स्थानीय समन्वय समितिमार्फत मानव बेचविखन विरुद्धको दिवसमा र्यालीलगायत जनचेतनामूलक कार्यक्रम गरेर दिवस मनाउन लागिएको महिला तथा बालबालिका कार्यालय कञ्चनपुरले जनाएको छ ।
इन्सेक कास्की जिल्ला प्रतिनिधि विष्णुप्रसाद अधिकारीका अनुसार कास्कीमा मानव बेचविखन विरुद्धको तिजगीत प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा १२ ओटा महिला समूहहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा विजयी समूहलाई नगद तथा प्रमाणपत्र दिँदै स्थानीय विकास अधिकारी दामोदर भण्डारीले मानव बेचविखनको समस्या 'भुसको आगो झै' सल्किरहेको बताए ।
प्रतियोगितामा ढिकुरपोखरी महिला समूह प्रथम, हेम्जा दिदीबहिनी समूह दोश्रो, महिला क्लब पोखरा-१५ तेश्रो तथा दिदीबहिनी महिला समूह पोखरा-१० रामबजारले सान्त्वना पुरस्कार पाएका थिए ।
इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्ला प्रहरी कार्यालय अगाडि रहेको लेखनाथ पार्कबाट बिहान प्रभातफेरी निकालिएको थियो । मानव बेचविखन विरुद्धको समन्वय समिति सिरहा, महिला तथा बालबालिका कार्यालय सिराहा, ओरेक नेपाल, जिल्ला प्रहरी कार्यलाय सिरहा तथा सामुदयिक सेवा केन्द्र सिरहाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा र्यालीपछि वैदेशिक रोजगारको समस्या, चुनौति र अवसर विषयक अन्तकृया कार्यक्रम सम्पन्न गरिएको थियो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…