मानव बेचविखन प्रयास घटनाका आरोपित गिरफ्तार

  ०८१ मङ्सिर १३ गते

चार जना बालिकालाई बेचविखनको प्रयास गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला, कञ्चनरूप नगरपालिका-१२ का २६ वर्षीय सनोज सदालाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ ।

दुई जना १२ वर्षीया,१३ वर्षीया र १४ वर्षीया बालिकालाई वेचविखनको प्रयास गरेको आरोपमा प्रहरीले आरोपितलाई कोशी गाउँपालिका-८ भण्टावारीस्थित तीनकुने क्षेत्रबाट ०८१ मङ्सिर १२ गते गिरफ्तार गरेको हो ।

भारतमा काम गर्नेको आवश्यकता भएको र राम्रो पैसा दिने प्रलोभनमा चार जना बालिकाहरूलाई कोशी गाउँपालिकाको नाका भएर भारततर्फ लैजान खोजेको आरोपमा सदालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद तिम्सिनाले बताउनु भयो ।

बालिकाहरूलाई ०८१ मङ्सिर १२ गते भारततर्फ लगिरहेको सूचना स्थानीयले दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी तिम्सिनाले बताउनु भयो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा मङ्सिर १३ गते मानव वेचविखन शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।

चारै जना बालिकाहरूलाई प्रहरीले मङ्सिर १२ गते उद्दार गरी सोहीदिन जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणपछि मङ्सिर १३ गते अभिभावकको जिम्मा लगाएको छ ।


जयकृष्ण यादव