मानव बेचविखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

मानव बेचबिखन प्रयास घटनाका आरोपित गोडैता नगरपालिका-८ का ३४ वर्षीय सुकेश कुमार महतो विरुद्ध ०८० माघ २८ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पीडित पक्षले उजरी दिएको छ ।

आरोपितले एक जना १२ वर्षीय बालकलाई रोजगारीको प्रलोभन देखाई माघ २४ गते भारत तर्फ लग्दै गरेको आवस्थामा इलाका प्रहरी कार्यालय भाडसरको टोलीले बेचबिखन प्रयास हुन सक्ने आशङ्कामा सोधपुछ गर्नका लागि रोक्न खोज्दा आरोपित महतो बालकलाई छाडेर फरार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाएको डिएसपी थारुले जानकारी दिनु भयो । फरार रहेका आरोपित यादवको खोजतलास भइरहेको उहाँले बताउनु भयो ।


बुधन साह