मानव बेचविखन नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रममा जोड
गुल्मी जिल्लामा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले मानव बेचविखन तथा ओसार पसार गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि स्थानीय स्तरमा सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् ।
महिला तथा बालबालिका कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा सृजनशील सामुदायिक विकास केन्द्र, मानव अधिकारका लागि एकल महिला समूह, महिला मानव अधिकार सङ्गठन र नेपाल मानव अधिकार रक्षक सञ्जालले भदौ २२ गते आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीले मानव बेचविखन तथा ओसार पसार नियन्त्रणका लागि जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । उनले जागिर तथा आर्थिक प्रलोभन, वैदेशिक रोजगार र नक्कली विवाहसमेत गरेर बेचविखनका घटना हुने गरेको बताउँदै स्थानीय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
मानव बेचविखन तथा ओसार पसारविरूद्धको जिल्ला कार्यसमितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले प्रचारप्रसार तथा सचेतनामूलक कार्यक्रमहरू बढाउनुपर्नेमा जोड दिए ।
'एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार' भन्ने नाराका साथ देशभर मानव बेचविखन तथा ओसार पसारविरूद्ध दशौं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
२०६४ जेठ ११ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार प्रत्येक वर्ष भदौ २० गते मानव बेचविखनविरूद्धको राष्ट्रिय दिवस मनाउन थालिएको हो । नेपाल सरकारले मानव बेचविखन तथा ओसार पसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याइसकेको छ ।
साथै मानव बेचविखन तथा ओसारपसारबाट उद्धार गरिएका पीडित र प्रभावितहरूको लागि शारीरिक तथा मानसिक उपचारसहित संरक्षण सेवा प्रदान गरी सामाजिक रूपमा पुनःस्थापना गर्ने निर्णय गरेको छ । पारिवारिक पुनःस्थापना गराउने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा स्थापना गरिएका र गरिने पुनःस्थापना केन्द्रका काम कारबाहीलाई व्यवस्थित रूपले सञ्चालन गर्ने र कार्यविधिगत प्रक्रियामा एकरूपता कायम गर्न पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका, २०६८ कार्यान्वयनमा आइसकेको छ ।
ऐन नियममा भएको व्यवस्था बमोजिम हालसम्म उद्धार गरिएका वा बेचविखनमा परी फर्केका पीडितहरूलाई सेवा दिन सक्ने गरी काठमाडौँ, सिन्धुपाल्चोक, कैलाली, झापा, पर्सा, रूपन्देही, चितवन र बाँकेमा स्थानीय गैर सरकारी संस्थाहरूसँगको सहकार्यमा एक-एक वटा पुनःस्थापना गृह सञ्चालन भइरहेका छन् ।
यसरी विगतमा गैर सरकारी स्तरमा मात्र सिमित रहेको यो अभियानमा राज्यको संलग्नता स्थापित भएको छ । त्यसैगरी मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन एवम् नियम बमोजिम पीडित तथा प्रभावितहरूको उद्धार, पुनःस्थापना, शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्शका लागि राष्ट्रिय कोषको स्थापना भइसकेको छ ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…
बालसुधार गृहबाट फरार बालकैदीबन्दीहरू पुनः गिरफ्तार
वीरगंज महानगरपालिका–४ बिर्तास्थित बालसुधार गृहबाट फरार दुई जना बालकैदीबन्दीहरूलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । बालसुधार गृहको कमजोर व्यवस्थापनका कारण सुधार गृहबाट ०८० असोज १२ गते फरार भएका दुई जना…
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…