मानव बेचविखन तथा ओसारपसार विरूद्धको दिवस मनाइयो
तेह्रथुममा आयोजित एक कार्यक्रमका सहभागीहरूले सामाजिक सञ्जाल फेसबुकले गर्दा पछिल्लो समय मानव बेचविखनका धेरै घटना हुने गरेको औंल्याएका छन् । फेसबुकमार्फत चिनजान भएकै कारण केही महिलाहरू दलालसम्म पुग्ने गरेको कार्यक्रमका सहभागीहरूले बताएका हुन् ।
मानव बेचविखन तथा ओसारपसार विरूद्धको दशौं राष्ट्रिय दिवसको अवसरमा भदौ १९ गते म्याङलुङ्मा आयोजित कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख जानुका राठीले यसै महिनामा भने केही महिलाहरू बेचिन बाट जोगाइएको बताइन् । उनले महिलाहरू बेचिन लाग्दा दलालको हातबाट बचेर आए पनि प्रहरी समक्ष उजुरी नदिने गरेकोसमेत बताइन् ।
कार्यक्रमका सहभागीहरूले सामाजिक सञ्जाल फेसबुकमा चिनजान भएकै कारण जिल्लाका केही महिलाहरू आफन्तलाई जानकारी नै नदिई हराउने गरेको बताएका छन् । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जनक पुरीले आर्थिक वर्ष ०७२/७३ मा कोशी अञ्चलमा २५ जना महिला र २ जना बालिका पीडित भएको तथ्याङ्क सार्वजनिक गरे । उनले जिल्लामा दुई जना महिलासमेत बेचविखनबाट पीडित भएको बताए ।
"एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त हाम्रो साझा सरोकार" भन्ने नाराका साथ महिला तथा बालबालिका कार्यालयले आयोजना गरेको दशौं मानव बेचविखन तथा ओसारपसार विरूद्धको राष्ट्रिय दिवसमा जिबिसका पूर्व सभापति किशोरचन्द्र दुलाल र अन्तरपार्टी महिला सञ्जालका प्रतिनिधि पूर्व सभासद फुर्वि शेर्पाले मानव बेचविखनलाई न्यूनीकरण गर्नका लागि सचेतनात्मक कार्यक्रम सञ्चालन गर्नु पर्ने धारणा राखेका थिए ।
भगिश्वर लिम्बू
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…