मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा पाँच वर्ष र ६ वर्ष कैद सजायको फैसला

  ०८१ भदौ २६ गते

१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको कसुरमा जिल्ला अदालतले सुर्खेत जिल्लाको गर्भाकोट नगरपालिका-९ की ४६ वर्षीया चन्द्रा वलीलाई पाँच वर्ष कैद सजाय र रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका-३ का ५० वर्षीय टुकबहादुर खत्रीलाई ६ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको ०८१ भदौ २४ गतेको इजलासले कसुर ठहर गर्दै टुकबहादुर खत्रीलाई ६ वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिबाना, र चन्द्रा वलीलाई पाँच वर्ष कैद सजाय र २५ हजार रुपियाँ जरिबाना भराउने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सुरेश मल्लले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित बालिकालाई वली र खत्रीले ०८० माघ २५ गते बेचबिखन तथा ओसारपसार गरेका भन्दै पीडित पक्षले फागुन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । वली र खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडितलाई उद्धार गरी शान्ति पुर्नस्थापना केन्द्रमा राखिएपछि अभिभावको जिम्मा लगाएको थियो ।


ध्रुबराज शर्मा