मानव बेचविखन तथा ओसारपसारको आरोपमा गिरफ्तार
१२ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाई राखेको आरोपमा शम्भुनाथ नपा-६ का २८ वर्षीय रुदल सदालाई सप्तरी प्रहरीले पुस ५ गते गिरफ्तार गरी मानव बेचविखन तथा ओसारपसारविरुद्धको मुद्दा दर्ता गरेको छ ।
पीडित बालिकाकी आमाको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
आरोपितले पीडितलाई ०७३ भदौ १९ गते घरबाट झुक्याई अपहरण गरी भारदह, त्रिकोल हुँदै भारत विहारको कुनौलीमा स्थान परिवर्तन गर्दै तीन महिना बढी बन्धक बनाई राखेको पीडितले बताइन् ।
आरोपितको नियन्त्रणबाट उम्केर मङ्सिर २५ गते पीडित घरपरिवारको सम्पर्कमा आएपछि पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताइन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…