मानव बेचविखन घटनाका आरोपित विरूद्ध उजुरी

  ०७८ असोज २५ गते

२३ वर्षीया महिलालाई अपहरण गरी भारतको मुम्बईमा लगेर यौन कार्यमा लगाएको भन्दै पीडितले रोहिणी गाउँपालिका–३ की ४८ वर्षीया अलामुन निशा, सोही ठाउँका ४६ वर्षीय बाले पठान र रोहिणी गाउँपालिका–४ की ५० वर्षीया शान्ति भर विरूद्ध असोज २२ जिल्ला प्रहरी कार्यालयमा .उजुरी दिनु भएको छ ।

पीडितलाई आरोपित अलामुनले ०७६ जेठ २३ गते काम बहानामा बोलाएर घरमा लगी पानी खाएपछि आफू बेहोस भएको र सोही समयमा आरोपितहरूले भारतको मुम्बईमा लगेर यौन कार्यमा लगाएको पीडितले बताउनु भयो । पीडितको  अहिले १० महिनाको छोरी रहेको रहेकी छन् ।

पीडितको उजुरीका आधारमा कारबाही अगाडि बढाएको र आरोपितहरू फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका  डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २२ गते भीम अस्पताल, बुटवलमा गरिएको छ ।


रीमा बिसी