जबरजस्ती यौन कार्यमा लगाइ मानव बेचबिखन गरेकाे घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले कावासोती नपा–२ लोकनाथ पोख्ररेललाई गिरफ्तार गरेको छ ।

कावासोती नपा–२ स्थित एक होटलमा यौन कार्य सञ्चालन हुँदै आएको सूचनाका आधारमा प्रहरीले वैशाख ४ गते होटलमा छापा मारेर आरोपितलाई गिरफ्तार गरेको थियो ।

पीडितलाई आरोपितले सुरुमा आफूले सञ्चालन गरेको होटलमा सहयोगीको रुपमा काममा राखेको र केही समयपछि दबाब दिएर जबरजस्ती यौन कार्यमा लगाइ पैसा असुल्ने गरेको आरोपमा पीडितले आरोपितविरुद्ध वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको , जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।


तिर्थराज डुम्रे