मानव बेचविखन घटनाका आरोपित गिरफ्तार
२२ र ३४ वर्षीय महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा केआई नेपालको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट वैशाख २८ गते साँझ उनीहरूको उद्दार गरी दुई जना आरोपितलाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर आरोपितद्वय सिन्धुपाल्चोक भानेश्वरा गाविस-७ का ३१ वर्षीय जीवन लामा र तिनाउ नपा-६ मणिग्रामकी २८ वर्षीया जमुना पौडेलले बेचविखनको लागि विदेश लैजान लागेको प्रहरीको आरोप छ ।
कुवेत जान हिँडेका पीडित महिलासँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकता केही पनि नभएकोले बेचविखनका लागि लैजान लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
२ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या
झिमरुक गाउँपालिका-१, सौतामारे गाउँका २ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या भएको छ । सौतामारे गाउँमा लामो समयदेखि खानेपानीको सुविधा नहुँदा घण्टौँ लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको छ । साबिकको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रेश्वरी गाउँपालिका–२, सल्यानका २१ वर्षीय लक्ष्मण विकलाई १० वर्ष कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रतिमाकुमारी भट्टराइ पोख्रेलको ०८१ कात्तिक…
गुल्मीको उपनिर्वाचनका मतदाता बढे, एकिकृत सुरक्षा योजना बन्दै
गुल्मीमा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मतदाता सङ्ख्या बढेको छ । ०७९ सालको तुलनामा झण्डै ३ सय मतदाता अहिले थपिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुङ्ग्री गाउँपालिका–२ का २३ वर्षीय दिपक विकलाई प्रहरीले ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको…
बलात्कार गरेको कसुरमा जन्म कैदको फैसला
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५३ वर्षीय बुबालाई जन्म कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ कात्तिक २७ गतेको इजालसले कसुर ठहर गर्दै…