मानव बेचविखन घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बेचविखन तथा ओसार-पसार गरेको आरोपमा प्रहरीले पुस २८ गते फिदिम नपा-६ का ५० वर्षीया लिला तुम्बापो अर्याललाई गिरफ्तार गरेको छ ।

पीडितका आफन्तले पुस २२ गते दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले जानकारी दिए ।

पीडित महिलालाई पुस ११ गते विदेश लैजान खोजेको र घरपरिवारमा बुझाउन पटकपटक सम्पर्क गर्दा समेत नआएकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितका आफन्तले बताए । उजुरीमा पीडितलाई पाँच दिनसम्म बन्दी बनाएर राखेकोले आरोपितलाई कारबाही गर्नु पर्ने माग गरिएको छ ।


मङ्गल बेघा