मानव बेचविखन घटनाका आरोपित विरूद्ध उजुरी

  ०७९ फागुन २५ गते

१६ वर्षीया बालिकालाई प्रलोभन देखाएर यौन कार्यमा लगाएको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका –७ का होटल ब्लुस्काईका सञ्चालक ३६ वर्षीय नारायण क्षेत्रीविरुद्ध फागुन २२ गते उजुरी दर्ता गरेकाे छ ।

पीडितलाई आरोपितले एक महिनादेखि यौन कार्यमा लगाएको भन्दै मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा पीडितले इलाका प्रहरी कार्यालय लुम्बिनी उजुरी दिनु भयो ।

उजुरीको आधारमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर गजेन्द्र रावतले बताउनु भयो ।

प्रलोभन देखाएर एक महिनादेखि यौन कार्यमा  लगाएको पीडितले  बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।


रीमा बिसी