मानव बेचविखनविरूद्ध सचेतना कार्यक्रम सम्पन्न
दशौँ मानव बेचविखन तथा ओसारपसार विरूद्धको दिवसको अवसरमा भदौ २२ गते नेपाल भारत सीमा विराटनगरको रानी क्षेत्रमा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
भारत तथा तेस्रो मुलुकमा लानका लागि प्रयोग गरीने बाटोको रूपमा रहेको रानी सीमा क्षेत्रमा राष्ट्रिय मानव अधिकार आयोग, सिविन, ओरेक नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, माइती नेपाललगायतको संयुक्त आयोजनामा सडक नाटकसहित विभिन्न कार्यक्रम गरिएको हो ।
सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक झङ्कर रावलले ललाई फकाई भारत तथा तेस्रो मुलुक लगेर बेचविखन हुने विषय ठुलो समस्याको रूपमा रहेको बताए ।
निर्देशक रावलले मानव बेचविखन ठुलो समस्याको रूपमा रहेको भन्दै यसको रोकथामका लागि जनचेतना जगाउन जरूरी रहेकेा बताए । सो अवसरमा चेलीबेटी बेचविखन विरूद्धको सडक नाटक 'सावधान' प्रस्तुत गरिएको थियो ।
इन्दिरा भट्टराई
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भर्त्सना
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाप्रति इन्सेकले ०८१ माघ २ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको…
अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !
जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…