मानव बेचविखनको कसुरमा २५ वर्ष कैद सजायको फैसला
दुई जना महिलालाई भारतको दिल्लीमा लगेर बिक्री गरेको कसुरमा जिल्ला अदालतले दुप्चेश्वर गाउँपालिका–१ की ३३ वर्षीया सरस्वती तामाङ भन्ने जेर्कुमेन्दो तामाङलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले वैशाख ८ गते दुई फरकफरक मानव बेचविखनको मुद्दामा उक्त फैसला गरेको हो ।
२३ वर्षीय महिलालाई बेचविखन गरेको कसुरमा २० वर्ष कैद सजाय, २ लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र २१ वर्षीय महिलालाई बेचविखन गरेको कसुरमा २० वर्ष कैद हुनेमा लगाउको मुद्दामा थप ५ वर्ष कैद, २ लाख रुपैयाँ जरिवाना र ५० हजार क्षतिपूर्तिको फैसला भएको जिल्ला अदालतकी इजलास अधिकृत तथा सूचना अधिकारी रिता लामिछानेले जानकारी दिनुभयो ।
दुई फरक मुद्दा भएको कारण २०÷२० वर्ष कैद सजायमध्ये २० वर्षमात्र कार्यन्वयन हुने र लगाउको मुद्दाको ५ वर्ष सजाय जोडिने भएकोले कसुरदारले २५ वर्ष कैद सजाय भुक्तान गर्नु पर्ने र क्षतिपूर्ति र जरिवाना भने जोडिने भएकोले ४ लाख क्षतिपूर्ति र १ लाख जरिवाना तिर्नु पर्ने सूचना अधिकारी लामिछाने जानकारी दिनुभयो ।
२१ र २३ वर्षीया दुई महिलालाई २०७१ जेठ १८ गते काठमाडौं–विरगन्ज हुँदै भारतको दिल्ली लगेर बिक्री गरेको भन्दा तामाङविरुद्द जिल्ला प्रहरी कार्यालय नुवाकोटमा २०७१ साउन १४ गते उजुरी दर्ता भएको थियो ।
आरोपित तामाङलाई प्रहरीले २०७६ असोज २६ गते गिरफ्तार गरेको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…