मानव बेचबिखन र यौन दुर्व्यवहारका आरोपित गिरफ्तार
खाजा खान होटलमा गएका ३१ वर्षीया र ३५ वर्षीया दुई जना महिलाहरूलाई होटलमा आउने गेष्टहरूसँग यौन सम्बन्ध राख्न भनी यौन शोषण गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला गल्याङ गाउँपालिका-६ स्थायी घर भई बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित ग्रिन गेष्ट हाउस एण्ड लज सञ्चालक ३९ वर्षीय तारा पाण्डे, भारतीय नागरिक भारतको उत्तर प्रदेश प्रताव गढ राजापुर घरभएका ३० वर्षीय अजय दुवे र सोही ठाउँकै २५ वर्षीय अभिनेश मिश्रलाई असार २२ गते होटलबाटै गिरफ्तार गरी पीडितद्वयको उद्धार गरेको छ ।
आरोपितले पीडित महिलाहरू खाजा खान होटलमा गएको अवस्थामा होटलमा आएका भारतीय 'गेष्ट'हरूसँग होटल सञ्चालकले यौन सम्बन्ध राख्न भनेर आफूहरूलाई यौन दुर्व्यवहार गरेको भनी पीडितद्वयले इलाका प्रहरी कार्यालय बुटवलमा असार २२ गते उजुरी दिएका थिए ।
पीडित महिलाहरूले दिएको उजुरीका आधारमा प्रहरीले मानव बेचबिखन तथा यौन दुर्व्यवहारसम्बन्धी उजुरी दर्ता गरी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए ।
पीडितद्वयको स्वास्थ्य परीक्षण असार २२ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिराहा जिल्ला लाहान नपा-१० स्थायी घर भई चौतारा साँगाचोकगढी नपा-५ स्थित स्वावलम्बन लघुवित्त कार्यालय चौताराका शाखा प्रमुख ४६ वर्षीय दिपक भूजेललाई असोज…
निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा सात जना गिरफ्तार
बानेश्वरस्थित निषेधित क्षेत्र तोकिएको संसद भवन अगाडि प्रदर्शन गरेको आरोपमा प्रहरीले असोज ४ गते सात जनालाई गिरफ्तार गरेको छ । प्रहरी वृत्त गौशालाका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुका अनुसार गिरफ्तार पर्नेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित…
जिल्ला अस्पतालमै छैन निःशुल्क वितरण गर्नुपर्ने ९२ प्रकारका औषधि
जिल्ला सदरमुकाममा रहेको जिल्लास्तरीय बेनी अस्पतालमा निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधिाको सहज आपुर्ति नहुँदा सेवाग्राही बिरामी समस्यामा परेका छन् । बेनी अस्पतालको हाताभित्र रहेको अस्पतालले सञ्चालन गरेको निःशुल्क औषधि वितरण…
बर्दिया अस्पतालमा एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती
बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजन सहितको उच्चस्तरीय एचडीयु र आइसीयु सेवा सञ्चालन हुन नसक्दा बिरामीलाई सास्ती भएको छ । करिब साढे दुई करोडको लगानीमा बनेको एचडीयु र आइसीयु सेवा जनशक्ति…