मानव बेचबिखन प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
मानव बेचबिखन प्रयास घटनाका आरोपित कौडेना गाउँपालिका–७ का ३४ वर्षीय विवेक कुमार यादवविरुद्ध ०८० चैत १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ ।
आरोपितले दुई जना १३ वर्षीय बालकलाई रोजगारीको प्रलोभन देखाइ चैत १३ गते भारत तर्फ लग्दै गरेको आवस्थामा इलाका प्रहरी कार्यालय भाडसरको टोलीले बेचबिखन प्रयास हुन सक्ने आसङ्कामा सोध पुछ गर्नका लागि रोक्न खोज्दा आरोपित यादव बालकलाई छाडेर फरार भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका इन्स्पेक्टर सविन कार्कीले जानकारी दिनु भयो ।
बालकलाई उद्धार गरी उनका अभिभावकको जिम्मा लगाएको इन्स्पेक्टर कार्कीले जानकारी दिनु भयो । साथै फरार आरोपितको खोज तलास भइरहेको उहाँले बताउनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…