मानव बेचबिखन प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
मानव बेचबिखन प्रयास घटनाका आरोपित बलरा नगरपालिका–६ का ३४ वर्षीय नरेश कुमार यादवविरुद्ध ०८० चैत १६ गते इलाका प्रहरी कार्यालय बलरामा पीडित पक्षले उजरी दिनु भएको छ ।
आरोपितले एक जना १४ वर्षीया बालीकालाई रोजगारीको प्रलोभन देखाइ चैत १२ गते होली पर्वको दिन भारत तर्फ लग्दै गरेको आवस्थामा इलाका प्रहरी कार्यालय बलराको टोलीले बेचबिखन प्रयास हुन सक्ने आसङ्कामा सोध पुछ गर्नका लागि रोक्न खोज्दा आरोपित यादव बालिकालाई छाडेर उल्टै प्रहरी हबल्दार विश्वनाथ चौधरीलाई हापात गरी फरार भएको इलाका प्रहरी कार्यालय बलराका हबल्दार चौधरीले जानकारी दिनु भयो ।
बालकलाई तत्काल उद्धार गरी इलाका प्रहरी कार्यालय बलरामै राखिएकोे हबल्दार चौधरीले जानकारी दिनु भयो । साथै फरार आरोपितको खोज तलास भइरहेको उहाँले बताउनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…