मानव बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार

  ०८१ साउन ४ गते

४० वर्षीया महिलालाई मानव बेचबिखन गरेको आरोपमा मोरङ जिल्ला रङगेली नगरपालिका–३ घर भइ ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने  ५७ वर्षीय कृष्ण अधिकारी भनिने झयन्द्र अधिकारीलाई ०८१ साउन २ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई ललाइ फकाइ प्रलोभनमा पारी भिजिट भिसामा कुवेत पुर्‍याइ ०८० वैशाख २८ गते दुबइबाट कुवेत पु¥याइ पीडितलाई बन्धक बनाएको र पटक–पटक बलात्कार गरेको आरोप सहित पीडितले ०८० मङ्सिर ३ गते जिल्ला प्रहरी परिसर ललितपुर र मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँमा उजुरी दिनु भएको थियो ।

पीडित परिवारको उजुरीपछि फरार रहेका आरोपितलाई खोजी गरी ललितपुर महानगरपालिका–२४ धापाखेलबाट गिरफ्तार गरिएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।

ललितपुर जिल्ला अदालत काठमाडौँबाट साउन ३ गते पाँच दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रसुति गृह थापाथली काठमाडौँमा गरिएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे