मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार

१६ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा झापा जिल्ला झापा गाउँपालिका-१ घर  काठमाण्डौं मनपा- ७, चावहिलमा फ्रेण्डसिप ब्यूटी एण्ड स्पा सञ्चालिका ३४ वर्षीया पुजा लोवा र काठमाडौँ मनपा-७, गङ्गाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम कुमारी पुनलाई प्रहरीले ०८१ वैशाख २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले पुर्वी नवलपरासी स्थितको एक रेष्टुरेण्ट तथा काठमाडौँ  चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा आर्थिक प्रलोभन र डर त्रासमा देखाएर  जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको भन्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा वैशाख २ गते मौखिक उजुरी परेको थियो ।

उजुरीका आधारमा आरोपितहरूलाई वैशाख २ गते गिरफ्तार गरिएको ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रले इन्सेकलाई जानकारी दिनुभयो । त्यसैगरी ब्युरोको टोलीले बालिकालाई उद्धार गरी अनुसार बालिकालाई सुरक्षित आवास गृहमा राखिएको एसपी मिश्रले बताउनुँ भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २ गते थापाथलीस्थित प्रसूति गृहमा गरियो । आरोपितलाई वैशाख ३ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको एसपी मिश्रले जानकारी दिनुभयो ।


दीपा सुनुवार