मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीय पुरुषलाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा झापाको मेचीनगर नगरपालिका-१४ बस्ने ४३ वर्षीय शेखरनाथ प्रसाईलाई प्रहरीले ०८० फागुन ७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले लोभ लालच र भ्रममा पारेर अवैधानिक बाटो हुँदै वैदेशिक रोजगारको आश्वासन देखाएर खाडी मुलुक लगायत अन्य देशमा लगेर अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता कार्य गरेको भन्दै पीडित पक्षले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिएको थियो ।
आरोपितले पीडितलाई लिबियामा सेक्युरिटी गार्डमा आकर्षक तलब हुने कामको प्रलोभन देखाई लिबिया पुर्याई पीडितको सक्कल राहदानी जफत गरी १५ दिनसम्म उक्त कम्पनीमा बन्धक बनाई कठिन काममा लगाई पारिश्रमिक समेत नदिइ शारीरिक तथा मानसिक यातना दिँदै श्रम शोषण गरेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी ओमबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रसाईले पीडितबाट ४ लाख रुपियाँ ठगी गरेका थिए ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी ज्ञानेन्द्र प्रसाद फुयालका अनुसार नेपालमा रहेका आफन्तले सोको जानकारी पाई News24 channel मार्फत प्रवासी नेपाली समन्वय समिति हुँदै लिबियामा रहेका शान्ति स्थापना नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रावासी सङ्गठनको सहयोगमा ०७६ जेठ ७ गते पीडितको उद्धार गरिएको थियो ।
आरोपितलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम ०८० फागुन ८ गते काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान थालिएको एसपी फुयालले इन्सेकलाई जानकारी दिनुभयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…