मानव बेचबिखन तथा ओसारपसारका घटनाका आरोपितविरूद्ध उजुरी

१७ वर्षीया बालिकालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पीडित पक्षले  भारतीय नागरिक शुद्धोधन गाउँपालिका– २ नौडिहवा बस्ने २२ वर्षीय मिराज खाँविरूद्ध भदौ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

पीडितलाई आरोपितले भदौ २७ गते प्रलोभन देखाएर भारत लैजान लागेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी गंगाबहादुर थापाले बताउनु भयो ।

उजुरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरी आरोपितको खोजी भइरहेको डिएसपी थापाले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण भदौ ३० गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ  ।


पार्वती आचार्य