मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
२२ वर्षीया र २३ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-७ घर भइ हाल बनेपा नगरपालिका-८ मा रहेको लामा सगरमाथा गेस्ट हाउस सञ्चालिका ४५ वर्षीया मनमाया तामाङविरुद्ध इलाका प्रहरी कार्यालय, बनेपामा ०८० भदौ २४ गते उजुरी दर्ता भएको छ ।
इलाका प्रहरी कार्यालय, बनेपाका डिएसपी रेशम बोहोराका अनुसार बनेपा नगरपालिका-८ मा रहेको लामा सगरमाथा गेस्ट हाउसमा पीडित महिलाहरूलाई यौन धन्दामा लगाउँदै आइरहेको सूचना पाएपछि अनुगमनमा जाँदा यौन धन्दामा लगाउँदै गरेको भेटिएको हो ।
पीडित पक्षले भदौ २४ गते इलाका प्रहरी कार्यालय, बनेपामा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई भदौ २२ गते नै गिरफ्तार गरेको डिएसपी बोहोराले जानकारी दिनुभयो ।
पीडित महिलाहरूको स्वास्थ्य परीक्षण भदौ २४ गते धुलिखेल अस्पतालमा भयो । प्रहरीले आरोपितविरुद्ध जिल्ला अदालतबाट भदौ २४ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी बोहोराले बताउनु भयो ।
सुमित्रा आचार्य
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…