मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा शिवपुरी गाउँपालिका–१ तलाखुकी सोनाम भन्ने हेरिङ डोल्मा तामाङलाई प्रहरीले ०७९ चैत २६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७३ वैशाख ३ गते ललाई फकाई सिन्धुपाल्चोक राम्चेका ३४ वर्षीय कुमार तामाङसँग भारु पाँच लाखमा खरीद गरी भारतको मुनिरकास्थित जिवि रोडमा कोठीमा चार महिना यौन व्यवसायमा जबर्जस्ती लगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
पीडितको तर्फबाट आरोपित नुवाकोट आउँदै गरेको भन्ने जानकारीको आधारमा डोल्मालाई विदुरबाट चैत २६ गते गिरफ्तार गरिएको थियो ।
पीडितले चैत २७ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दिएकी थिइन् ।
उजुरीको आधारमा गिरफ्तार गरि अनुसन्धान थालिएको डीएसपी खड्काले जानकारी दिनुभयो ।
यस अघि नुवाकोट शिवपुरीकी २९ वर्षीया महिलाको उजुरीमा पनि डोल्मा प्रतिवादी रहेको र सोही घटनामा संलग्न कुमार तामाङको फैसलामा डोल्मालाई भेटिएको बखत मुद्धा चलाउने गरी फैसला भएकोले पुरक जाहेरी दर्ता गरि अनुसन्धान अघि बढाउन सहज भएको जिल्ला न्यायाधिवक्ता टेकराज भुसालले बताउनु भयो ।
बेचबिखनमा संलग्न कुमार तामाङलाई भने नुवाकोट जिल्ला अदालतले ०७५ कात्तिक १४ गते २० वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको थियो । हाल तामाङ थुनामा रहेको डीएसपी खड्काले जानकारी दिनुभयो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…