मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई आर्थिक प्रलोभनमा पारेर भारत लगेर बेचविखन गरेको आरोपमा प्रहरीले घोराही उमनपा–१४ का ३९ वर्षीया टोपली सार्की र ५२ वर्षीय बिमुसा सार्कीलाई गिरफ्तार गरेको छ ।
घोराही उपमनपा–१४ स्थित शेखर होटलबाट उनीहरूलाई फागुन ४ गते गिरफ्तार गरी प्रहरीले फागुन ९ गते पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो ।
राम्रो तलबमा नोकरी लगाइ दिने भन्दै ०७९ माघ २१ गते घोराहीबाट भारतको चण्डीगढ लगेर महिलालाई कोठीमा बेचबिखन गरेको र त्यसै दिनदेखि १२ दिनसम्म यौनजन्य क्रियाकलापमा लगाएको भन्दै पीडितका परिवारले माघ २२ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।
प्रहरीले विभिन्न सङ्घ संस्थाको सहयोगमा पीडितलाई फागुन ४ गते उद्दार गरी नेपाल ल्याएको प्रहरीले जनाएको छ । आरोपितहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर वलीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।
जयनारायण पुन
सम्बन्धित समाचारहरू
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…