मानव बेचबिखन तथा ओसापसार प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसापसार प्रयास गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–५ बाजुङका २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई असोज १४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले विभिन्न प्रलोभनमा पारी असोज ६ गते अभिभावकबाट छुट्टाएर भारतको जोगबनी नाका लगी बेचबिखनको प्रयास गर्न लागेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असोज १३ गते जिल्ला प्रहरी कार्यालय पर्वत उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर राजेन्द्र अधिकारीले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई कुश्मा नगरपालिका–६ स्थित शिवालय चोकबाट गिरफ्तार गरी मानव बेचबिखन तथा ओसारपोसार कसुर शीर्षक अन्तर्गत घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १४ गते जिल्ला अस्पताल पर्वतमा गरिएको छ ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…