मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बेचबिखन गरेको आरोपमा मेलम्ची नगरपालिका–७ दुवाचौर छापका ६६ वर्षीय खम्बे भन्ने जीतबहादुर तामाङलाई प्रहरीले ०७९ भदौ १९ गते स्थानीय भट्ट्टारबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई तामाङले ०४३ सालमा भारतमा पुर्याई बिक्रि गरेको आरोप लागेको थियो । आरोपित तामाङलाई जिल्ला अदालत सिन्धुपाल्चोकको ०४५ चैत २९ गतेको इजलासले ९ वर्ष २ महिना ८ दिनको जेल सजाय हुने फैसला सुनाएको थियो ।
घटनाको उजुरीपछि फरार भएका तामाङ्लाई अदालतको फैसला कार्यान्वयन नगरी लुकिछिपी बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरी भदौ १९ गते नै जिल्ला अदालत पेश गरेकोमा अदालतले जेल चलान गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…