मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

तीनजना महिलाहरूलाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै ओमन र कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले पाँचथरको नवमी डाँडा-२ का ३६ वर्षीय रूपन भन्ने भोजराज नेम्वाङलाई गिरफ्तार गरेको छ ।

२८ वर्षीया दुई जना र ३९ वर्षीया एकजना पीडित महिलालाई बेलहिया नाकाबाट साउन १६ गते उद्दारसमेत गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी बेलबहादुर पाण्डेल जानकारी दिएका छन् ।

ओमन र कुवेत जान हिँडेका महिलासँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकता केही पनि नभएको र आरोपितसँग राम्ररी चिनजानसमेत नभएकोले बेचबिखन हुने आशङ्कामा पीडितहरूलाई उद्दार गरी आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।


रीमा विसी