मानव बेचबिखन घटनाका आरोपितलाई सात वर्ष कैद सजायको फैसला
मानव बेचबिखन घटनाका आरोपित मध्यविन्दु– ९ बस्ने ४० वर्षीया सावित्री भण्डारीलाई सात वर्ष कैद सजायको फैसला भएको छ ।
२०८० वैशाख १४ गतेको आदेशले भण्डारीलाई सात वर्ष कैद र ५० हजार जरिबानाको सजाय तोकेर चितवन कारागार चलान गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी कमल परियारले दिनुभएको जानकारी अनुसार सावित्री भण्डारी विरुद्ध २०७५ सालमा मानव बेचबिखन कसुरमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतबाट सोही वर्ष सात वर्ष कैद र ५० हजार जरिबानाको सजाय तोकिएको थियो ।
तर आरोपित पक्षले उच्च अदालत पोखरामा रिट हालेका थिए । उच्च अदालत पोखराले जिल्ला अदालतकै फैसला सदर गरेपछि जिल्ला प्रहरी कार्यालय नवलपुरले भण्डारीलाई वैशाख १३ गते घरबाट गिरफ्तार गरि वैैशाख १४ गते अदालतमा पेश गरेको थियो ।
ज्ञानु पंगेनी
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…