बेचबिखन घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिका र २१ वर्षीया युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले रामग्राम नपा–२ का २१ वर्षीय कलिम मिँया, भारतको देवरीया जिल्ला, बृजहवा ग्रामका २६ वर्षीय अरुण मल, भारत महाराजगञ्ज जिल्ला छोट्की पकडीका २८ वर्षीय शैलेश वर्मालाई माघ १९ गते गिरफ्तार गरेको छ ।
पीडितद्वयलाई आरोपितहरूले भारतीय सिमा पाल्हीनन्दनको महेशपुरतर्फ लैजाँदै गर्दा गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरी आरोपितहरूलाई गिरफ्तार गरेको जिल्ल प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले बताउनु भयो ।
पीडितद्वयलाई माघ १९ गते आफन्तको जिम्मा लगाइएको र आरोपितहरू विरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएर अनुसन्धान सुरू गरिएको डिएसपी बोहराले बताउनु भयो ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
खानेपानीको अभाव भएपछि स्थानीयलाई सास्ती
आदर्श गाउँपालिका–६ खतेडा, सिल्ल, काडा र टोट्बिला गाउँका स्थानीय वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । खानेपानी अभावका कारण यस क्षेत्रका स्थानीयहरुले वर्षेनी सास्ती खेप्नुपरेको छ । आदर्श गाउँपालिकामा झण्डै…
कारागारमा भौतिक संरचना जीर्ण रहेको कैदी र थुनुवाको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला कारागार स्याङ्जाको…
लैङ्गिक हिँसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २७ गते काठमाडौँमा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे सन्दर्भमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अवस्था सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले लमही नगरपालिका–१ का २९ वर्षीय नवराज भन्ने नमराज पोख्रेललाई १३ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका…