मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ भानाकोट घरभई हाल दैलेखको आठबीस नगरपालिका–६ खिड्की जिउलामा होटल व्यवसाय गर्दै आएकी ३० वर्षीया शोभा रोकामगरलाई प्रहरीले कात्तिक ११ गते गिरफ्तार गरेको छ ।
होटलमा सरसफाई र खाना पकाउने कामका लगाइदिने भनेर नौ जनासँग यौन सम्बन्ध राख्न लगाएको भन्दै पीडितले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपित शोभालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक ९ गते दैलेख जिल्ला अस्पतालमा गरिएको डाक्टर जीना सापकोटाले जानकारी दिनुभयो ।
धादिङ्गको गजुरीस्थित होटलमा काम गरिरहेकी ती महिलालाई आरोपित शोभाका पतिले होटलमा सरसफाई र खाना पकाउने कामको लगाइदिने भनेर कात्तिक २ गते खिड्की जिउला पु¥याएर कात्तिक ३ गते तीनजना र ४ गते ६ जनासँग यौन सम्बन्ध गर्न लगाएको पीडितले इन्सेकलाई बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर सुनारको भनाइ छ ।
अमर सुनार
सम्बन्धित समाचारहरू
पत्नी र सासूलाई जलाएर हत्या प्रयासको आरोप, आरोपित फरार !
भङ्गहा नगरपालिका–९ की ३५ वर्षीया प्रमिला देवी सदा र प्रमिलाकी ६५ वर्षीया आमा रेशमादेवी सदालाई रामगोपालपुर नगरपालिका–८ का ३८ वर्षीय शङ्कर सदाले साउन २१ गते राति जलाएर हत्याको प्रयास गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९ साउन १८ गते केरावारी गाउँपालिका–२…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…