मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई औषधि गर्न लैजाने बहाना बनाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पीडित महिलाका ५५ वर्षीय बावुलाई असोज १ गते गिरफ्तार गरेको छ ।

मानसिक समस्या भएकी छोरीलाई औषधि गर्न लैजाने बहानामा मादक पदार्थ सेवन गरी दुई जनालाई बलात्कार गर्न भनी आरोपितहरूबाट पैसा लिएर बलात्कार गर्न लगाएको भनी पीडितले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

आरोपितविरूद्ध असोज २ गते नै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी उजुरी दर्ता गरी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुङ्गेलले बताए ।

त्यसैगरी १५ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहकार्यमा र प्रहरीले बेलहिया नाकाबाट असोज १ गते दिउँसो उद्दार गरेको छ भने एक जना आरोपितलाई गिरफ्तार गरेको छ ।

गिरफतार हुनेमा भारत जिल्ला सहजना पोष्ट स्थायी घर भएका २४ वर्षीय विपिन सिंहल रहेको प्रहरीले जनाएको छ ।

आरोपितले पीडित बालिकालाई विवाहको प्रलोभन देखाएर ललाईफकाई बेचबिखनका लागि लैजान लागेको आशंकामा युवतीको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी कुमोध ढुङ्गेलले बताए ।


रीमा विसी